नेप्से २६ सयको विन्दुमा, कारोबार रकम २० अर्बले घट्यो

काठमाण्डौ- अघिल्लो साताको गिरावटपछि यो साता पनि बजार निरन्तर ओरालो लागेको छ, जसले गर्दा कारोबार रकममा ठूलो गिरावट आएको छ। यो अवस्थाले लगानीकर्ताहरूलाई चिन्तित बनाएको देखिन्छ।

आइतबार नेप्से परिसूचक ५३ अंकले घटेर २६ सय ९५ विन्दुमा आइपुगेको छ। यस दिन नेप्से मात्र ठूलो अंकले घटेको छैन, कारोबार रकम पनि घटेर ११ अर्बमा सीमित भएको छ। नयाँ सरकार आएपछि कारोबार रकम दैनिक २९ अर्बभन्दा माथि पुगेको थियो, तर हाल बजारमा गिरावट आएको छ।

आजको कारोबारमा ३३७ कम्पनीहरू मध्ये केवल ३१ कम्पनीको मात्र शेयर मूल्य बढेको छ, बाँकी सबैको घटेको छ। दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्दा, आधा दर्जन कम्पनीहरूको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ। नेप्सेका सबै उपसूचकहरू २ प्रतिशत हाराहारीमा घटेका छन्, भने म्युचुअल फन्डको सामान्य वृद्धि भएको छ। धेरै गुमाउने कम्पनीहरूमा होटल, जलविद्युत्, र बैंक उपसमूह रहेका छन्।

नयाँ सरकार आएपछि बजारमा लगानीकर्ताहरूको उत्साह बढेको थियो, जसले बजारलाई २९ सय विन्दु भन्दा माथि पु-याएको थियो।

प्रतिक्रिया