मोदी इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ - मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर  निष्कासन गर्ने भएको छ । कम्पनीले ९आईपीओ० निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा भदौ २ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिउँसो ३ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले कम्पनीले ॠण लिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया