पर्यटन बोर्डका सिइओ रेग्मी विमानस्थलमा मदिराले मातेपछि...........


काठमाडौं—पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी मदिराले मातेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई हातपात गरेका छन् । तिहारको दिन लन्डनबाट नेपाल आएका रेग्मीले जाँचकक्षमा रवाफ देखाउँदै कर्मचारीलाई दुव्यवहार गरेका हुन् ।

६ बोतल मदिरा लिएर आएका रेग्मीले चेकजाँच कक्षका कर्मचारीले सोधपुछ गर्दा हातपात गरेपछि विमानस्थलमा होहल्ला भएको थियो । रेग्मीले विमानस्थलको भन्सारमा कार्यरत सुमन थापालाई दुव्र्यवहार गरेका थिए ।


रेग्मीले ल्याएको मदिरालाई भन्सारले जफत गरेको छ भने उनलाई पाँच हजार जरिवाना तिराइएको छ । गत शनिवारको घटना भए पनि गुपचुप राखिएको थियो । रेग्मीले मदिरा सेवन गरेको पुष्टी भए पनि भिआइपी भएकाले प्रहरीले त्यसै छाडेको थियो । सिइओ रेग्मी लन्डनमा गत सोमबार सम्पन्न तीनदिने वल्ड ट्राभल मार्टमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया