साताको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया