आन्दोलनमा ज्यान गुमाउनेकाे सम्मानमा आज देशभर शोक बिदा

काठमाडौं । सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरुको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहादत प्राप्त गरेका व्यक्तिहरुलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गतेलाई शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएका थिए। ती मृतकहरुमध्ये केहीलाई मंगलबार काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो भने केहीको शव उनीहरुका आफ्नै जिल्लामा लगेर अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि कार्यक्रममा परिवारजन, सर्वसाधारण तथा राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित थिए।

सरकारले उनीहरुको बलिदानलाई स्मरण गर्दै आज देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ। यस निर्णयलाई आन्दोलनका क्रममा जीवन गुमाउनेप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिइएको छ।

यसअघि पनि ठूला राजनीतिक तथा सामाजिक आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गर्दै सार्वजनिक बिदा दिने परम्परा कायम गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय