प्रभु हेलिकप्टरको आइपीओ आउने पक्का

काठमाडौं - प्रभु हेलिकप्टर लिमिटेडद्वारा साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । सोही कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई निष्कासनको लागि क्यापिटल नियुक्त गरिएको हो ।

पुष ४ गते आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

६ करोड ६० लाख रुपैयाँ सेयर पूँजी बराबरको १०० अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया