साताको पहिलो दिन बढेको सुनको मूल्य,सोमबार घट्यो

काठमाडौंं - सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।


साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया