साताको पहिलो दिन आईतबार घट्यो सुनचाँदीकै भाउ

काठमाडौ - साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ। 

आइतबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ पुगेको छ। 

अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँ र चाँदी १३ सय बीस रुपैयाँमा कारोबार भएको थियो। यो भनेको शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया