लामो समयको अन्तरालपछि हेमन्तले मौलिक सिर्जना पिरती लिएर आए (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोकदोहोरीका चर्चित गायक तथा सर्जक साथै कुशल सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत पिरती भर्खर मात्र सार्वजनिक भएको छ । उनको केही समयको अन्तरालपछि नयाँ गीत सार्वजनिक भएको हो । 

निकै मौलिक शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतमा उनलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन । गीत भने पाका सर्जक राजकुमार बगरले लय तथा शब्द सिर्जना गरेका हुन । 

मौषम हिमालीको निर्देशन रहेको गीतमा विजय पुन,हेमन्त कान्छा,चाहना मगर निशा मगरले अभिनय गरेका छन । गीतको अडियो र भिडियो निकै उत्कृष्ट रहेको दर्शकहरु प्रतिक्रिया दिएका छन । 

 

प्रतिक्रिया