• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • पूर्वाधार/यातायात

आजदेखि ब्लुबुक नविकरण अनलाइनबाटै गर्न सकिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज शुक्रबारदेखि ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।

 

 पहिलो चरणमा बागमती प्रदेशबाट अनलाइनबाटै सवारी कर, नवीकरण, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधा उपलब्ध हुने भएको हो ।

 

एक कार्यक्रमका बीच यो सेवाको सुरुवात आजदेखि गर्न थालिएको हो । 

 

प्रदेश सरकारले यसका लागि छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ । यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।

 

नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ । जसमार्फत आफ्नो सवारी साधनको विवरण, यस अघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ ।

 

अब आज शुक्रबारदेखि तिर्न बाँकी रहेको कर अन्तर्गत अनलाइन भुक्तानीका विकल्प समेत जोडिनेछन् । बागमती प्रदेशबाट सुरु हुने यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार हुने बताइएको छ ।

प्रतिक्रिया