रमेश र विज्ञानको कस्तो मन रैछ - भिडियो सहित

काठमाण्डौ । माया प्रेम संग सम्बन्धित एकल गीत “कस्तो मन रैछ” मा रमेश सार्थक र बिग्यान न्यौपानेको स्वर रहेको छ ।

उक्त गीतमा शब्द ,संगीत कृष्ण बस्यालको रहेको छ । कृष्ण बस्याल को शब्दमा सजिएका अरु चर्चित गित बन्की चरी,सिमलैमा मैना आदि सार्बजनिक भएका छन् ।

“सर्त ” नामको एल्बम बाट गीत संगीतमा लागेका रमेश सार्थकको यो भने दोश्रो गीत हो । बाग्लुङ को जैमिनी नगरपालिका 7 जैदिमा जन्मिएका सार्थक लोक दोहोरिमा भिज्दै गरेका कलाकार हुन ।  

यता गाएन छेत्रमा प्रवेश गरेका अर्का गाएक बिग्यान न्यौपानेको भने यो गीत पहिलो हो । माया प्रेम मा आधारित गीत कृष्ण बस्यालको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक भएको हो ।  स्टुडियो स्सारङ्गीमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज भने कुमार सिन्जाली मगरले गरेका हुन् ।

गितको भिडियोमा रमेश सार्थक र बिग्यान न्यौपानेको अभिनय रहेको छ भने मादलमा माधब ज्ञवाली र मुरलीमा बरिस्ठ शंकर रहेका छन् ।

 

प्रतिक्रिया