सिर्जनामा निखारिदै जीवन कँडेल, सुनिताले पोखरा जाउँ भनेपछि दोधारमा गणेश (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै आफ्नो यात्रा सुरु गरेका सर्जक तथा गायक जीवन कँडेलका पछिल्ला सिर्जनाको गुणस्तर निकै माथि उठिरहेको देख्न सकिन्छ।

यसको पछिल्लो उदाहरण हो उनले सार्वजनिक गरेको नयाँ गीत "बैनिले जाम भन्छे मलाई"। उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको यो गीतलाई पछिल्लो समयका चर्चित गायक गणेश अधिकारी र सुनिता बुढाले आवाज दिएका छन्। गीतले माया प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतलाई महेन्द्र भण्डारीले युनिक संगीत संयोजन गरेका छन्।

गीतको म्युजिक भिडियोमा पनि निर्माण युनिटले निकै मेहनत गरेका छन्। गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने एकिन्द्र सारा संकर र जुना कार्कीको अभिनय देख्न सकिन्छ। गीतलाई "जीवन साथी" यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया