काठमाण्डौ । साताको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से ११ अंक भन्दा धेरैले बढेर समग्र बजार २८८७ विन्दुमा पुगेको छ ।
गत साता विहिबार नेप्से झिनो अंकले घटेर बजार बन्द भएको थियो भने कारोबार रकम पनि तुलनात्मक रुपमा घटेको थियो । आज यो सेसनमा ४५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ साथै बाँकी कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
यो सेसनमा आज एक करोड ११ लाख भन्दा धेरेको शेयर खरिद विक्री हुँदा एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मुल्य करिव २ प्रतिशतले बढेको छ । आइतवार जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको आकषर्ण देखिएको छ भने सानीमा माइ जलविद्युतको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।