नेपालमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट यस्तो छ

बितेको २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।


यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।  


प्रतिक्रिया