• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र ,
  • पत्रपत्रिका

लगानीकर्ताको चर्को माग पछि बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी,गाउँ गाउँबाट शेयर कारोबार गर्न सहज हुने

काठमाण्डौ - नेपालमा हाल ५० ब्रोकर लाइसेन्स वितरण भएका छन् । जुन १ लाख सक्रिय लगानीकर्ता हुँदाको समयमा दिएको हो । 

अहिले त्यो संख्या ५ लाख माथि पुगेको छ तर ब्रोकर ५० मात्र छन् । अत्याधिक सेवाग्राहीको चापको कारण ब्रोकरले दुःख दिएको धेरै लगानीकर्तालाई गुनासो छ । 

लगानीकर्ताको यही गुनासोलाई नेपाल धितोपत्र बोर्डले अब भने समाधान गर्ने भएको छ । विगत देखिनै चर्चा चलिरहेको बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियामा बोर्ड पुगेको छ । 

बैंक र केही पब्लिक कम्पनीहरुलाई समेत लाइसेन्स दिने गरी तयारी भइरहेको छ । आवेदन खुल्ला पछि कम्पनी हेरेर ५० जति नयाँ ब्रोकर लाइसेन्स दिने तयारीमा बोर्ड रहेको छ । 

यसरी बैंकलाई लाइसेन्स दिँदा अहिले ब्रोकर पुग्न नसकेका ठाउँमा पनि शेयर खरिद बिक्रीका पहुंच पुग्ने छ जसले गर्दा शेयरमा सर्वसाधारणहरु पहुंच वृद्धि हुने छ । 

प्रतिक्रिया