काठमाडौं। लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीले सांगीतिक क्षेत्रमा नयाँ–नयाँ प्रयोग गर्दै आइरहेका छन्। नचाउने र रुवाउने दुवै प्रकारका गीत सिर्जना गर्न माहिर रेग्मीको भर्खरै सार्वजनिक भएको नयाँ गीत ‘पुसलाई नदिनु’ले सांगीतिक बजार तताइरहेको छ।
फरक कथा र विषयवस्तुमा बनेको यो गीतले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। चोटिला शब्द र सुमधुर लयको संयोजनमा तयार पारिएको गीतमा रेग्मीलाई चर्चित गायिका देवी घर्तीले आवाजमा साथ दिएकी छन्।
गीतको संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् भने निर्देशन रामजी लामिछानेले गरेका छन्। म्युजिक भिडियोमा तेजश रेग्मी, अशोक पौडेल, रचु न्यौपाने, र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ।
‘पुसलाई नदिनु’ गीतलाई तेजश रेग्मीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले दर्शक तथा श्रोताहरूको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।