देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि उनीहरू हाल नेपालमा नरहेकाले पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन ।

देउवा दम्पत्ति अहिले विदेशमा रहेका छन् ।

प्रतिक्रिया