काठमाडौं - बैंकहरुमा तरलताको हाहाकार भए पनि सहकारीहरु भने यो सामान्य अवस्थामा छ ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी बैंकमा लगानीयोग्य पुँजी (तरतला) प्रर्याप्त भएको बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै सीइयो गुरागाईले अन्य बैंक तथा वित्तीय संस्थामा तरलता अभावका समयमा पनि राष्टिय सहकारी बैंकमा भने कत्ति पनि तरलता समस्या नभएको बताए ।
यो राष्ट बैंकले तोकेको सीडी रेसियोको तुलनामा ११ प्रतिशत भन्दा बढी हो । त्यस्तै बैंकको न्यूनतम पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा ९.५१ प्रतिशत रहेको पनि जनाएको छ । बैंकका सीइओ गुरागाईले सहकारी बैंकको वित्तीय अवस्था मजबुत भएको दावी गर्दै निक्षेप फिर्ता गर्न र कर्जा प्रवाह गर्न कुनै समस्या नभएको बताए । यस बैंकले ५० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब कर्जा प्रवाह गरेको छ ।