काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ५ बजेको नयाँ मतपरिणाम आएको छ ।
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले १२०१४ मतको अग्रता बनाएकी हुन् ।
रेनुले ५० हजार ३१० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ३८ हजार २९६ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४७०५ मत पाएका छन् । यस्तै उपप्रमुखमा चित्रसेन् अधिकारीले ५११२९ मत पाएका छन् भने हिमाल गुरुङले २९८८२ पाएकी छन् ।