काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५।४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले आईपीओ निष्कासन गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । लघुवित्तले न्यून लाभांश दिनेभएपछि लगानीकर्तामा नैराश्यता ल्याउने देखिन्छ ।
लघुवित्तद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।