लगातार पाँच दिनपछि सेयर बजारमा सामान्य सुधार, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । लगातार पाँच दिनसम्म गिरावट आएको सेयर बजार मंगलबार सामान्य सुधारसँगै समेटिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले घटेर २६११.४३ विन्दुमा कायम भएको छ।

यसदिन कुल ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार अवधिभर ३१८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच भएका छन्।

मंगलबार १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सर्वाधिक लाभमा रह्यो। यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ९.९८ प्रतिशत, रिडी पावर कम्पनीको ९.३३ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.९३ प्रतिशतले बढेको छ।

त्यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा देखिएको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर लगायतका कम्पनीका सेयर मूल्यमा पनि गिरावट आएको छ।

प्रतिक्रिया