काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सरकार गठन भएको १७ दिनमै यस्तो विवरण सार्वजनिक गरिएको उल्लेख गरिएको छ, जबकि कानूनी प्रावधानअनुसार सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।
यसअघि पनि मन्त्रीहरूले सम्पत्ति विवरण पेश गर्ने प्रचलन भए पनि ती विवरणहरू सार्वजनिक नगरिएको अवस्था थियो। यसपटक भने प्रारम्भमै सार्वजनिक गरिएकोले पारदर्शितामा सुधारको संकेत देखिएको छ।