बजार उकालो लाग्ने संकेत, प्रि ओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाडौँ - साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से २ अंकले वृद्धि भएको छ । यो हप्ता लागेसँगै नेप्से निरन्तर उकालो लागिरहेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार पनि बढ्ने संकेत देखिएको छ । 

आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य पढे पछि नेप्से पनि वृद्धि भएको हो । आज यो सेसनमा ३४ कम्पनीको कारोबार भएको छ । जस मध्य १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ८  कम्पनीको मूल्य भने यथावत रहेको छ । 

यो सेसनमा ३५ लाख भन्दा धेरैको शेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया