• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई सोधेको स्पष्टीकरणमा आखिर के छ ?

काठमाण्डौं । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । 

बोर्डका अध्यक्ष भिष्मराज ढुगांनाकी छोरीको नाममा सार्वोत्तम सिमेन्टको शेयर देखिएपछि स्पष्टीकरण सोधिएको हो । 
यो कम्पनीले बुक विल्डीङ माध्यमबाट शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।

छोरीको नाममा शेयर किनेको विषयमा तीन दिन भित्र स्पष्ट पार्न अर्थले उनलाई भनेको छ । मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।

प्रतिक्रिया