घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आजको कारोबार

लगातार तीन दिन बढेको सुनको भाउ सस्तिएको छ । फागुन ९ गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा झरेको छ ।

यस दिन तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साताको पहिलो दिन सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको थियो।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदब्रिक्री हुँदैछ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया