काठमाडौँ — जेठमा आयात–निर्यात उल्लेख्य रूपमा बढे पनि गत वर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटेको छ। भन्सार विभागका अनुसार जेठमा १ खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात र १३ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ, जुन ११ महिनाको तुलनामा उच्च हो।
चालु आर्थिक वर्षको ११ महिनामा कुल आयात १४ खर्ब ५३ अर्ब ७० करोड पुगेको छ, जुन गत वर्षको तुलनामा १.८४ प्रतिशतले कम हो। निर्यात पनि ३.०१ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड पुगेको छ।
आयात–निर्यात घटे पनि व्यापार घाटा १.७२ प्रतिशतले घटेर १३ खर्ब १४ अर्ब ४४ करोडमा सीमित भएको छ। डिजेल, पेट्रोल, एलपी ग्यास, स्टिल, औषधिजन्य पदार्थ, सुन, हवाई इन्धन, इलेक्ट्रिक सवारी र स्मार्टफोन प्रमुख आयात वस्तु हुन्।
निर्यातमा अलैंची अग्रस्थानमा छ, जसपछि स्टिल तथा आइरन, कार्पेट, जुस, र पाम तेल प्रमुख छन्। नेपालले १७० मुलुकसँग व्यापार गर्छ, जसमा भारत र चीनबाट सबैभन्दा धेरै आयात हुन्छ भने निर्यातमा भारत र अमेरिकाको स्थान अग्रणी छ। Kantipurdaily