• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

नयाँ लगानीकर्ता मालामाल - असारमै ३ आइपीओ

काठमाण्डौ - नयाँ लगानीकर्ताले निकै चासोको रुपमा हेर्ने प्राथमिक शेयर निष्काशनको बाढि नै आएको छ । 

 

केही समयको असहज परिस्थिति पछि अहिले धेरै कम्पनी आइपीओ निष्कासन गर्ने प्रक्रियामा रहेका छन् । असारमै ३ आइपीओ आउने पक्का भइरहेको छ । २ कम्पनीको आइपीओ सार्वजनिक भई सकेको छ भने बाँकी १ कम्पनीको असर २४ गते सार्वजनिक हुँदै छ । 

 

नेपालमा अहिले डिम्याट खाता खोल्ने संख्या ३६ लाख माथि पुगिसकेको छ । त्यसैले पनि प्राथमिक शेयरमा आवेदनमा उच्च चाप पर्ने गरेको छ । 

 

हिजो मात्र बिक्री खुल्ला गरेको स्मार्ट लघुवित्तको पहिलो दिनमै १८ गुणा भन्दा धेरैको र एकै दिन ५ लाख भन्दा धेरैको आवेदन परेको छ । 

 

त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने पक्का छ ।

 

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

 

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।

 

प्रतिक्रिया