सेक्युर्ड सेक्युरिटिजले ल्यायो नयाँ टिएमएस, लगानीकर्तालाई आइतबारदेखि अनिवार्य

काठमाडौं –लामो समयदेखि चर्चामा रहेको ब्रोकरहरुको नयाँ टिएमएस अब भने कार्यान्वयन हुन थालेको छ । आज अर्थात् असोज २० गतेदेखि सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीका अनुसार, यसअघि प्रयोगमा रहेका टिएमएस अब उपलब्ध रहने छैनन्। नयाँ प्रणालीमार्फत कारोबार गर्न इच्छुक लगानीकर्ताले आइतबारदेखि नयाँ टिएमएसमा लगइन गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले नयाँ टिएमएसको प्रयोगसम्बन्धी तालिम लिनका लागि कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया