राष्ट्र बैंकको ६ अर्बको ट्रेजरी बिल बिक्रीमा


काठमाडौं-नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंकले एक सूचना जारी गर्दै ९१ दिनको अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्क हुने जनाएको छ ।


त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ । यस ट्रेजरी बिल कार्तिक २२ गते, दिउँसो २ बजे बोलकबोल भएर कार्तिक २३ गते, मंगलबार बिक्री हुने समेत राष्ट्र बैंकले यसै सूचनामा उल्लेख गरेको छ ।
 

प्रतिक्रिया