ओलीका दिन सकिए, राप्रपासँग एकता गर्छन् - माधव नेपाल

काठमाडौं - नेकपा ( समाजवादी ) का अध्यक्ष माधव नेपालले एमाले र ओलीका दिन सकिएको जिकिर गर्नु भएको छ । 

एमाले ओलीका निजी कम्पनी जस्तो भएको नेपालको आरोप छ ।  अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्नेसमेत दाबी गरे । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । 

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी समेत गरे ।  एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए ।

प्रतिक्रिया