काठमाडौं—बिकास बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । एक सातामै विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले बढेको विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन ’डीबीएन’ ले जनाएको छ । डीबीएनका अनुसार १५ वटा विकास बैंकहरुको पछिल्लो एक सातामा निक्षेप २ अर्ब ४ करोड ८० लाख रुपैयाँले बढेको छ भने कर्जा लगानी ५ अर्ब ५१ करोड ८० लाखले बढेको छ ।
प्रतिशतका हिसाबले गत साताको तुलनामा निक्षेप ०।५५ प्रतिशतले बढेर ४ खर्ब ५१ अर्ब ८१ करोड ९० लाख पुगेको छ भने कर्जा लगानी १।३९ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ४० करोड ३० लाख पुगेको छ। यो तथ्यांकमा कर्पोरेट, साहारा र साल्पाका व्यवसायिक तथ्यांक जोडिएको छैन ।
त्यस्तै राष्ट्रिय स्तरको विकास बैंकहरुमा निक्षेप ०।५९ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड १० लाखले बढेको छ भने कर्जा लगानी १।४६ प्रतिशत अर्थात ५ अर्ब ३९ करोड १० लाखले बढेको छ। निक्षेप ०।५९ प्रतिशतले बढेर ४ खर्ब १९ अर्ब ८४ करोड २० लाख पुगेको छ भने कर्जा लगानी १।४६ प्रतिशतले बढेर ३ खर्ब ७४ अर्ब १९ करोड ६० लाख पुगेको छ ।
त्यस्तै क्षेत्रीय स्तरको विकास बैंकहरुमा निक्षेप यथावत रहेको छ भने कर्जा लगानी १२ करोड ६० लाख रुपैयाँले बढेको छ। कर्जा लगानी ०।४५ प्रतिशतले बढेर २८ अर्ब २० करोड ७४ लाख रहेको छ ।