सर्वोत्तम सिमेन्टको आइपीओ बिक्री भएन

काठमाण्डौ । चलखेल गरि प्राथमिक शेयर निष्कासन गर्न थालेपछि प्राथमिक शेयरमै लगानीकर्ताले रुचि देखाउन छाडेका छन । यस्तै देखिएको छ । पछिल्लो समय आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको ।

कम्पनीले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बाँडफाँट भएको थियो जसमा  कुल १ हजार २२४ जना स्थानीय बासिन्दाले कुल २ लाख ४८ हजार ५०३ कित्ताका लागि मात्र आवेदन दिएका थिए । जसमध्ये १० अंकले भाग नजाने ३३ कित्ता सेयर रद्द गरी २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको  छ ।


आवेदकहरु सबैले आफूले मागे जति सेयर पाएका हुन् । कम्पनीले पुस २५ गतेदेखि माघ २५ गतेसम्म नवलपरासी जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यसआधारमा स्थानीयलाई जारी गरेको सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता सेयर बिक्री भएको छैन । स्थानीयले खरिद नगरेको उक्त सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।


सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०।९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गरेको हो । 

प्रतिक्रिया