भोलिदेखि नयाँ आइपीओ सार्वजनिक हुँदै,शेयर पर्ने लगानीकर्ता बन्नेछन् मालामाल ?

काठमाडौं - फागुन महिनामा पनि आइपीओ धमाधम सार्वजनिक भइरहेका छन् । यसै बीच आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई बिहीबार (फागुन ११ गते) देखि आइपीओ बिक्री खुला गर्दैछ ।

 आत्मनिर्भरले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । 

सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 

प्राय लघुवित्तको शेयरको आवेदन खुल्दा धेरै चर्चा सँगै आवेदन पनि अधिक पर्ने गरेको छ । यो कम्पनीमा पनि त्यस्तै चर्चा चलिरहेको छ । 

प्रतिक्रिया