हिमालयन रिइन्स्योरेन्सका शेयर धनी कारोबार भएको पहिलो दिन मै नाफामा

काठमाडौं - हिमालयन रिइन्स्योरेन्सको सोमबारबाट दोस्रो बजारमा कारोबार सुरु भयो । प्रीमियममा आइपीओ निष्कासन गरेको थियो । 

हिजो प्रि ओपन सेसनमा कम्पनीको ३०९.२० रुपैयाँमा कारोबार खुलेको थियो भने कम्पनीको शेयर मूल्यमा सर्किट लागेर ३४०.१० रुपैयाँ पुगेको थियो । हिजो २२६० कित्ताको मात्र शेयर कारोबार भएको थियो । 

प्रति कित्ता २०६ रुपैयाँ लगानी गरेका लगानीकर्ताहरुले पहिलो दिन मै नाफा कमाउन सफल भएका छन् । लगानीकर्ताले पहिलो दिन मै प्रति कित्ता १३४ रुपैयाँ नाफा कमाउन सफल भएका छन् । 

प्रतिक्रिया