सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौँको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि खड्कालाई पक्राउ गरिएको जनाइएको छ। यसअघि भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनको निवासमा नगद रकम फेला परेको थियो, जसको आधारमा थप अनुसन्धान अघि बढाइएको हो।

प्रतिक्रिया