शिवरात्रीलाई लक्षित गर्दै तीन युवाको

काठमाडौं - हिन्दुहरूको महान पर्व शिवरात्रीलाई लक्षित गर्दै बाग्लुङका तीन युवाले "ॐ नमः शिवाय"बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।

मौलिक सिर्जना मार्फत धेरै दर्शकहरूको मनमुटुमा बस्न सफल लोकप्रिय गायक तथा सर्जक तेजस रेग्मी, सुभाष खत्री र हरि गिरीको आवाज रहेको छ। गीतलाई रेग्मी आफैले लय तथा शब्द सिर्जना गरेका हुन्। 

आउँदो बुधबार शिवरात्री रहेको छ। सोही अवसरलाई मध्यनजर गर्दै नयाँ गीत सार्वजनिक गरिएको सर्जक तथा गायक रेग्मीले हामीलाई बताउनुभयो । सृजन बरालको निर्देशन रहेको सो गीतमा तेजस रेग्मी हरि गिरि विमर्सि,सुभाष खत्री, रचना न्यौपाने, विनिता ओली, केशव सापकोटा र मदन रेग्मीको अभिनय रहेको छ। 

 

प्रतिक्रिया