काठमाण्डौ । धितोपत्र बोर्डमा कारोबारमा चलखेल भएको भन्दै सोमवार दर्ता भएको निवेदन उपर काउण्टर निवेदन दर्ता भएको छ ।
आज अर्का एक लगानीकर्ताले हिजोका निवेदकलाई कारवाही गर्ने माग गर्दै बोर्डमा निवेदन दिनु भएको छ । भिष्म प्रसाद संग्रौलाले आज बोर्डमा निवेदन दर्ता गरेको आर्थिक सन्देशलाई बताउनु भयो । उता धितोपत्र बोर्डले समेत पत्र दर्ता भएको जनाउदै आवश्यक प्रक्रियाबाट अगाडी बड्ने बताएका छन ।
एक लगानीकर्ताले सोमवार धितोपत्र बोर्डमा ४ कम्पनीहरुको शेयर खरिद विक्रीमा चलखेल भएको भन्दै नामै तोकेर बोर्डमा निवेदन दर्ता गरेका थिए । उनको सो निवेदन सामाजिक सञ्जाल देखि लिएर मिडियामा समेत चर्चा पाएको थियो ।
कम्पनीको शेयर कारोवारमा असर गर्ने गरि कपोकल्पीत रुपमा स्टकको नाम सहित झुटो निवेदन दर्ता गरि बजारलाई प्रभाव पारेको आरोपमा आजको निवेदन दर्ता भएको हो । आर्थिक सन्देशसँग कुरा गर्दै निवेदक संग्रौलाले बजारलाई घटाउन बदनियत पूर्ण तवरले निवेदन दर्ता गरिएको भन्दै निवेदक उपर छानविन गरि कारवाही गर्न अनुरोध गरेको बताउनु भयो ।
उहाँले दर्ता गरेको निवेदन यस्तो छ