केहि दिन देखि हराइरहेका चन्द्रे कामी भेटिए

काठमाण्डौ । एक हप्ता देखि वेपत्ता हुम्लाका युवक चन्द्रे कामी भेटिएका छन् । उनी खार्पुनाथ गाउँपालिकामा भेटिएको प्रहरीले जनाएको छ ।

चन्द्रेले मुगुको सोरु गाउँपालिकाकी रमिला मल्ललाई भगाएर लगेका थिए । त्यसपछि माइती पक्ष २९ मसिरमा घरमै पुगी खोसेका थिए ।

माइती पक्षको ठूलो समूह पुगेर चन्द्रेमाथि पनि कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । त्यसपछि चन्द्रे पनि वेपत्ता भएका थिए । उनको स्थिति सार्वजनिक गर्न प्रहरीमाथि दबाब बढेको थियो ।

चन्द्रेलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । उनी बाटोमा हिंडिरहेको अवस्थामा फेला परेको जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया