हिमालयन रिइन्स्योरेन्सका शेयर मूल्यमा सातौं दिन पनि सर्किट

काठमाडौं - भर्खर मात्र आइपीओ निष्कासन भएको हिमालयन रिइन्स्योरेन्स शेयरले लगातार सातौं दिन पनि सर्किट लागेको छ । 

अघिल्लो हप्ता आइपीओ खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य लगातार ७० प्रतिशतले बढिसकेको छ । 

आज मात्र कम्पनीको शेयर मूल्य ५४.७० रुपैयाँले बढेको छ । यो सँगै प्रति कित्ता शेयर मूल्य ६०२.२० रुपैयाँ पुगेको छ । 

यो कम्पनीको शेयर आज १५ लाख कित्ता सम्म माग पुगेको छ ।

 

 

 

प्रतिक्रिया