सुनको मूल्यमा यो साता कतिले भयो घटबढ

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सुनको मूल्य करिब ३ हजार रुपैयाँले महँगिएको हो ।



गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य उक्त रुपैयाँले महँगिएको महासंघले जनाएको छ । गत साता छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला मूल्य १ लाख २ हजार ६०० रुपैयाँ पुगेको छ ।



यसैगरी, यो साता सुनको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य उक्त रुपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।



यरोएसियाली मुलुक रुस र युक्रेन आपसी युद्धमा होमिएपछि विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँ आसपास थियो । तर, त्यसयता निरन्तर बढेर एक लाखभन्दा माथि पुगिसकेको छ ।

प्रतिक्रिया