• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

सामान्य अंकले नेप्से बढ्यो,कारोबार रकम भने १२ अर्व माथि

काठमाण्डो - साताको पहिलो दिन आइतवार नेप्से एक अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । 

नेप्सेमा त्यति उत्साह नआए पनि कारोबार रकम भने १२ अर्व माथि पुगेको छ । आइतबार २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

नेश्नल जलविद्यतुको शेयर सबै भन्दा धेरै कारोबार हुँदा जलविद्युतको उपसूचकमा आज चमक आएको छ । आज विमा उपसूचकहरुका सबै भन्दा धेरै पहिरो गएको छ ।

प्रतिक्रिया