काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा यस वर्ष कुल ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी मध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् भने ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन्। यस्तै, २.८ देखि ३.२ बीचको ग्रेड पाउने विद्यार्थीको संख्या ८९ हजार १२४ रहेको छ।
त्यसैगरी, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना रहेका छन् भने २ देखि २.४ बीचको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४ हजार १२६ छ। २ जीपीएभन्दा कम ल्याउने विद्यार्थी ८ जना मात्र छन्।
यसका साथै, १२६ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।
जीपीएको दायरा | विद्यार्थी संख्या |
---|---|
३.६ – ४.० | ४८,१७७ |
३.२ – ३.६ | ८१,३८५ |
२.८ – ३.२ | ८९,१२४ |
२.४ – २.८ | ४८,४७९ |
२.० – २.४ | ४,१२६ |
२.० भन्दा कम | ८ |
परीक्षा रद्द | १२६ |