आकासियो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंं - शुक्रबार सुनको भाउमा उच्च वृद्धि देखिएको छ । कात्तिक २५ गते, सुन तोलामा नै एक हजार ३०० रुपैयाँले महंगिएको हो । चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँ पुगेको छ ।

बिहीबार सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम रहेको छ ।एक सातामा सुन प्रतिताेला तीन हजार ६०० रूपैयाँले बढाेत्तरी भएकाे छ । गत शुक्रबार सुन प्रतिताेला ९३ हजार १०० रूपैयाँमा किनबेच भएकाे थियाे ।

त्यसपछि साताकाे पहिलाे दिन, सुन ताेलामा नै एक हजार ४०० रूपैयाँले वृद्धि भएकाे थियाे । त्यस दिन सुन प्रतिताेला ९४ हजार ५०० रूपैयाँ पुगेकाे थियाे । तर साेमबार र मंगलबार सुनकाे भाउ घट्याे। यद्धपी पुनः बुधबार सुन प्रतिताेला एक हजार ४०० रूपैयाँले उकालाे लागेर प्रतिताेला ९५ हजार ४०० रूपैयाँमा काराेबार भयाे । 

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।चाँदीकाे मूल्य याे साता ताेलामा ७० रूपैयाँले  महंगिएकाे छ ।

अघिल्लाे साताकाे अन्तिम काराेबार  दिन, चाँदी प्रतिताेला एक हजार २२५ रूपैयाँमा खरिदबिक्री भएकाे थियाे ।त्यसयता याे साता चाँदीकाे भाउमा उतारचढाव देखिएकाे थियाे ।

प्रतिक्रिया