गायक रवि ओडलाई श्रीमतीले लगाइन बलात्कारको आरोप

काठमाडौं - नेपाल आइडल विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन् । वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् । 

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।

नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

गायक वड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।

प्रतिक्रिया