देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कानुनी प्रक्रिया र क्षेत्राधिकारमा त्रुटि देखाउँदै सरकारका नाममा यस्तो आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति लिएको थियो । तर वैशाख १८ गते जारी भएको नयाँ अध्यादेशपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र मुद्दाको क्षेत्राधिकार विशेष अदालतमा गएको भन्दै सर्वोच्चले पुरानो पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको ठहर गरेको छ ।

अदालतले पक्राउ अनुमति माग्दा र जारी गर्दा स्पष्ट कानुनी आधार नखुलाइएको उल्लेख गर्दै कसैलाई पनि स्वेच्छाचारी ढंगले पक्राउ गर्न नमिल्ने स्पष्ट पारेको छ । सर्वोच्चले अनुसन्धान निकायलाई कानुनी प्रक्रिया पालना गर्न सचेत समेत गराएको छ ।

यसअघि आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको भन्दै शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया