वीरगञ्ज — गत आर्थिक वर्ष २०८१र८२ मा वीरगञ्ज नाका हुँदै मात्रै करिब १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख किलो धान आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा मूल्यमा ५३ प्रतिशतको वृद्धि हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष ९२०८०र८१० मा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख किलो धान आयात भएको थियो। भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यो वर्ष धानसँगै चामलको आयात पनि बढेको छ।
गत वर्ष ९२०८१र८२० मा २ अर्ब ४१ करोड बराबरको २ करोड ४८ लाख किलो चामल आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो। २०८०र८१ मा १ अर्ब ७३ करोड मूल्य बराबरको १ करोड ३२ लाख किलो चामल भित्रिएको थियो।
त्यस्तै, मकैको आयात पनि उल्लेख्य रूपमा बढेको देखिन्छ। गत वर्ष ६ अर्ब ७३ करोड बराबरको १३ करोड ९६ लाख किलो मकै आयात भएको थियो, जबकि अघिल्लो वर्ष ५ अर्ब ५९ करोड बराबरको १२ करोड ९९ लाख किलो मकै भित्रिएको थियो।
अन्य खाद्यान्नतर्फ, फापर, कोदो र विविध खाद्य वस्तुहरूका रूपमा ९१ लाख किलोभन्दा बढी वस्तु ४७ करोड रुपैयाँ बराबरमा आयात भएका छन्। अघिल्लो वर्ष यो परिमाण ८४ लाख किलो र मूल्य ४३ करोड थियो।
त्यसैगरी, कनिका ९च्याख्ला० आयात पनि बढेको छ। ८ लाख ४७ हजार किलो कनिका करिब ४ करोड रुपैयाँमा आयात भएको छ।
देशभित्रको उत्पादनमा कमी, मौसमजन्य समस्या, उपभोगमा वृद्धि र आयातमै निर्भरता बढ्दै जाँदा खाद्यान्न आयात लागत हरेक वर्ष चुलिँदै गएको देखिन्छ।
| खाद्य वस्तु | २०८१/८२ को आयात परिमाण | २०८१/८२ को मूल्य (रु) | वृद्धि दर (%) |
|---|---|---|---|
| धान | ३१.३८ करोड किलोग्राम | १२ अर्ब ७२ करोड | ५३% (मूल्यमा) |
| चामल | २.४८ करोड किलोग्राम | २ अर्ब ४१ करोड | ४०% (मूल्यमा) |
| मकै | १३.९६ करोड किलोग्राम | ६ अर्ब ७३ करोड | (मूल्य वृद्धि उल्लेख छैन) |
| फापर, कोदो आदि | ९१.९२ लाख किलोग्राम | ४७ करोड | सानो वृद्धि |
| कनिका | ८.४७ लाख किलोग्राम | ४ करोड | (पहिलोपटक उल्लेख) |