झिनो अंकले घट्यो नेप्से,४ कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । अघिल्ला २ कारोबारको दिन केही सामान्य अकंले बढेको सेयर आज भने झिनो घट्न पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ लाख १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।

आज ६ कम्पनीको सेयर मूल्यमा हरियाली लागेको छ । बिहिबार होटल समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०७ प्रतिशत, जीवन बीमा समूहको १.२७ प्रतिशत, निर्जीवन बीमा समूहको १.४९ प्रतिशत र ब्यापार समूहको ०.१७ प्रतिशतले सेयर मूल्य घटेको हो । साथै ७ उपसूचक भने राताम्य भएका छन् ।

आज ४ कम्पनीको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ भने बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

प्रतिक्रिया