काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा ९ दशमलव ५० अंकले बढेर बजार अहिले सम्मकै उच्च विन्दु ३२०८ पुगेको छ ।
आज यो सेसनमा ७४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
चार करोड ४५ लाख भन्दा धेरै मूल्यको शेयर खरिद विक्रि हुँदा अरुण कावेली पावरको शेयर सबै भन्दा धेरै कारोबार भएको छ भने एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतको लेवलमा कारोबार भएको छ ।