ट्रेड टावरको आईपीओ आवेदनको अन्तिम दिन

आज सोमबार, वैशाख २२ गते ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन सकिने अन्तिम दिन हो। विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यो आवेदन दिने अवसर कम्पनीले वैशाख ८ गतेदेखि खोलेको थियो। ट्रेड टावरले आफ्ना जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत बराबरको रकम अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको हो।

यस अनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्दैछ। तीमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर आरक्षित गरिएको छ, जसको कुल मूल्य ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबर हुन्छ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी-आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको क्रेडिट जोखिम मूल्याङ्कन गर्दै इक्रा नेपालले ट्रेड टावरलाई ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ २०८१ माघ ७ मा प्रदान गरिएको हो र २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

प्रतिक्रिया