मीन र अञ्जुले आवाज दिएको 'मेरै थियो दोष'मा आशिर र सारिकाको मन छुने अभिनय

काठमाण्डौ । पछिल्लो समय भाइरल भइरहेका नव गायक मीन बहादुर विश्वकर्मा र अञ्जु विश्वकर्माको आवाज रहेको मेरै थियो दोष बोलको गीत सार्वजनिक भएको छ । 

शब्द र संगीत निकै दमदार रहेको सो आधुनिक गीतलाई छोटो समयमै दर्शकहरूले समेत निकै मन पराएका छन । गीतलाई शिव पौडेलले शब्द तथा ऋषि खड्काले संगीत सिर्जना गरेका छन । 

अडियोसँगै भिडियो समेत राम्रो बनाइएको सो गीतमा आशिर प्रताप जंग र सारिका केसीले मनै छुने अभिनय गरेका छन । गीतलाई आशिर आफैले निर्देशन गरेका हुन । 

 

प्रतिक्रिया